
स्याङ्जा जिल्लाकै चर्चित जनमुक्ति युवा क्लबले पर्यटकिए क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले भलिबल, डोरी तान्ने, घैटो फुटाउने प्रतियोगिता तथा मगर संस्कृतिमा आधारित प्रर्दशनी आयोजना गरेको छ । पिँडीखोला सल्यानस्थित यस क्लबले आयोजना गरेको ताम्केकोट कपमा २१ क्लबले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको उदघाटन खेलमा आयोजक निलोले आयोजक रातोलाई हराएको छ ।
स्याङ्जाको पश्चिमी भेगमा रहेको ऐतिहासिक पर्यटकिय क्षेत्र ताम्केकोटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका प्रचार प्रसार प्रमुख विनोद रखाली मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
गत वर्ष जनमुक्ति युवा क्लबले बृहत ताम्केकोट महोत्सव आयोजना गरेको थियो ।
