पाल्पामा ट्रक दुर्घटना हुँदा २ को मृत्यु

Read Time:1 Minute, 22 Second

पाल्पाको दर्छा-३ गिजिनडाँडामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट वुटवल तर्फ जादै गरेको लु १ ख ६५२६ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक दर्छा ८ खोप्टार बस्ने बर्ष २५ का रामचन्द्र पाण्डेको घटनास्थलमा र  स्याङ्गजा चिन्नेबास काँडे घर भई हाल रामपुर ३ मटेरी पाल्पामा बस्दै आएका १० बर्षका बालक तेजेन्द्र रानाको उपचारको लागी तानसेन ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।   
मृतक तेजेन्द्रका आमा ३४ बर्षकी देबीका राना र ट्रकका चालक दर्छा १ पाल्पाका पे्रम जर्घा घाईते भएका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पाल्पामा उपचार भैरहेको छ । ट्रक सडकबाट करिब ३ सय मिटर तल खेतमा खसेको हो । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।  

देब पचभैया\पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %