
प्रधानमन्त्री मन्त्री लगायत कसैलाई पनि भेट्न नपाएपछि सल्यानका राउटेहरु मन खिन्न पारेर खाली हात घर फर्केका छन् । दशैं भत्ता राहत रासनपानीको आशा गर्दै ३ दिन अघि काठमाण्डु आइपुगेका लोपोन्मुख राउटेहरु आज बेलुकी नाईट बस चढेर घर फर्केका हुन् ।
पटकपटकको प्रयासमा पनि प्रधानमन्त्री गृहमन्त्री लगायतलाई भेट्न नपाएको उनीहरुले गुनासो गरे । आज बिहानै गृहमन्त्रीसँग समय मागे पनि अन्तिम समयमा बेवास्ता गरेको र प्रधानमन्त्रीका सल्लाहकारहरुले पनि प्रधानमन्त्रीसँग भेट्न नदिएको उनीहरुको गुनासो छ ।

तस्विरहरु: सेन्छेलुङ्ग लिम्बु
हाम्रा नेता डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएकोमा खुसी लागेको थियो राउटे मुखिया ऐनबहादुर शाहीले भन्नुभयो मन मिलेन भेट्न पाइएन प्रधानमन्त्रीले आफूलाई नमाने हामी पनि प्रधानमन्त्रीलाई मान्दैनौ । यसअघि काठमाण्डौं आउँदा राउटे आकर्षणको केन्द्र हुने गरेका थिए । राउटे मुखिया अब काठामाण्डौं नआउने भन्दै घर फर्किएको बताए ।
एउटा राउटे भने हामी सत्ता मागेका थिएनौं आफ्नो जातीको सरकार नभएपछि भत्ता पनि नपाइने रहेछ ।
सेन्छेलुङ्ग लिम्बु\काठमाडौं


