हजका लागि मक्का मदिना जाने

Read Time:52 Second

नेपाली हजयात्री कात्तिक १ देखि हजका लागि साउदी अरबको मक्का, मदिना जाने भएका छन् ।  कात्तिक ७ सम्म सबै हजयात्री साउदी अरब गईसक्ने गृह मन्त्रालय मातहतको केन्द्रीय हज समितिले जनाएको छ ।  कात्तिक १ गते पहिलो दिन एक सय ४६, २ गते एक सय ६०, ३ गते एक सय ५९, ४ गते एक सय ४०, ५ गते एक सय २०, ६ गते ७० र ७ गते ८० यात्री मक्का उड्नेछन् ।

यस वर्ष नेपालबाट स्वयंसेवक र चिकित्सक टोलीबाहेक ८ सय ६६ जना हजमा सहभागी हुने केन्द्रीय हज समितिका प्रवक्ता अब्दुल्लाह मियाँले जानकारी दिएका छन् ।

एस लिम्बु\काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %