नेपाल कम्युनिस्ट पार्टी एकीकृतको आठौँ राष्ट्रिय महाधिवेशनले सीताराम तामाङलाई महासचिवमा चयन गरेको छ । बुटवलमा असोज १४ गते सम्पन्न अधिवेशनले पाँच वर्षका लागि ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पार्टीको केन्द्रिय सदस्यहरुमा रामिसंह श्रीस, चित्रबहादुर आले, ऋषिराम कट्टेल, परि थापा, के.बी. गुरुङ, टङ्क राई, युवराज पन्थी, कमल चौधरी, आरबी भण्डारी, प्रेम सुवेदी, नगेन्द्रप्रसाद राई, केपी फुयाल, चिरन पुन, डाचाराज वाग्ले, राधा तिमििल्सना, भुपेन्द्र नेम्वाङ, अमर परियार, केशबहादुर परियार रहेका छन् ।
यसैगरी चिन्तामणि शर्मा, अम्बिका रेग्मी, चितनारायण यादव, भीम राई, रामहरि कार्की, रत्न कार्की, राजु लामा, परशु कार्कीलगायत रहेका छन् । नेकपा एकिकृतले बहुपदीय प्रणाली खारेज गरेर एक पदीय व्यवस्थामा गएको छ । नेकपा एकिकृतको संविधानसभामा दुई सभासद रहेको छ ।
