सभासद एमएस थापा अस्पताल भर्ना

Read Time:1 Minute, 31 Second

 

राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापा मगर अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि असोज १३ थापा काठमाडौं महारागंजस्थित टिचिङ्ग अस्पतालमा भर्ना गरिएको हो । थापाको वायु प्रवाह रोकिएको चिकित्सकले जनाएका छन् । वायु प्रवाह रोकिएका कारण थापा अत्तालिएको देखिन्छ ।

तस्विर:-www.rajyasatta.com

अस्पतालको एनेक्स-१ मा उपचारार्थ थापालाई भेट्न पार्टीका नेता कार्यकर्ता तथा शुभ चिन्तकहरु जाने क्रम जारी रहेको छ । यसैवीच भदौ १४ गते थापालाई भेट्न सो पार्टीका महासचिव केशव सूर्यवंशी, प्रचार तथा प्रकाशन विभाग प्रमुख टोप अस्लामी, संगठन विभाग प्रमुख सिद्धि तुम्बाम्फे, स्थायी समिति सदस्यद्वय गंगा खासु र खिलध्वज थापा, संघीय परिषद सदस्य डब गर्वुजा, अधिवक्ता रितु थापा लगायत थापालाई भेट्न अस्पताल पुगेका थिए । नेता थापाको साथमा उनका छोरा डा. अजय पनि रहेका छन् ।

नेता थापाको केहि महिना पहिले भारतमा शल्यकि्रया गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %