२७ अक्टुबर
जोर्डन स्थित मगर संघको कार्यालयमा मगर संघ हङ्कङ र पुन मगर समाज हङकङको सयुक्त आयोजनमा नेपाल मगर संघका सस्थापक कोषध्यक्ष तथा समाजसेवी स्व। मनवीर गर्बुजा मगरको श्रद्धान्जली कार्यक्रम सम्पन्न भयो । कर्यक्रमको अध्यक्षता सघंका अध्यक्ष एम बी थापा दर्लामी मगरले गरेका थिए भने प्रमुख अतिथि भूतपूर्व अध्यक्ष भोलानाथ थापा मगर थिए ।

अन्य अतिथिहरुमा भूपू अध्यक्ष एक बहादुर राना मगर, भूपू उपाध्यक्ष प्रेम गलामी मगर, नेपाल बाट पाल्नु भएका समाजसेबी बेल सिंह गाहा मगर, पुन मगर समाजका निवर्तमान उपाध्यक्ष बिर्मन पुन मगर, पुन मगर समाजका सचिव दिपक पुन मगर,जन संपर्क समिति हङ्कङ्का महामन्त्री बसन्त श्रीनेत, मगरात मुत्तिः मोर्चा हङ्कङ्का बसन्त थापा मगर, पाल्पा सेवा समितिका निबर्तमान अध्यक्ष गणेश जङ राना मगर थिए ।
कार्यक्रम पुन मगर समाजका अध्यक्ष राजु गर्बुजा पुन मगरले सन्चालन गरेका थिए भने मगर सङ्घका उपाध्यक्ष दल चोचाङ्गी मगरले समबेदना मन्तब्य सुरु गरेका थिए ।

प्रमुख अतिथि थापा भावुक भई कार्यक्रममै रोएकाथिए । गर्वुजालाई नजिक देखि चिन्ने ऐक बहादुर रानाले गर्वुजाले मगर समाजलाई चेतना दिने काम गरेर ठुलो गुण लगाएको स्मरण गराएकाथिए । गर्वुजाले आफु मात्र हैन आफ्नी श्रीमतीलाई पनि हरेक कार्यक्रम- समारोहमा लगेर सहयात्री बनाएको स्मरण गर्दे बेलसींह गाहाले भने, वहाँ कुरा मात्र हैन ब्यवहारमै मुक्तिको लागि खट्नुहुन्थ्यो । त्यसैगरि पुन मगर समाज हङकङका अध्यक्ष राजुले पुन सम्बन्धमा केहि भ्रम उत्पन्न भएपनि केहि समय विवाद भएपनि आफुहरुले पुनलाई मगर नै लेखाउन पहल गरिरहेको बताएकाथिए । उनका अनुसार, पुन समाज केन्द्रिय समितिका सल्लाहकार मनवीर गर्वुजाले पुन मगर नै हुन् भन्ने मार्गनिर्देशनका कारण यस्तो भैरहेको उनको कथन थियो ।

कार्यक्रममा उपस्थितहरुले धुपबत्ती र फुलगुच्छाले मृतकको तस्वीरमाथि माल्र्यापण गरि उनको स्मरणमा मौनधारण गरिएकोथियो ।
