नेपाल मगर संघको जलन की वास्तविक भिलेन

Read Time:1 Minute, 38 Second

नेपाल मगर संघले गम्भिर तथा अपुरो प्रेस विज्ञप्ति जारी गरेको छ । संघका महासचिव बसन्ती घर्ति मगरद्वारा जारी अपिलमा भनिएको छ,  ‘विभिन्न व्यक्ति र निकायहरु जो मगर जातिको नाम भजाएर राजनीति गर्न वा आय आर्जन गर्न रमाउँछन् उनीहरुले अहिले मगर जातिको नामबाट विभिन्न विद्युतीय साचार माध्यमबाट गलत साचार सम्प्रेषण गरेर सोझा साझा मगरहरुबाट देश विदेशमा आर्थिक संकलन गरिरहेको जानकारी सम्बन्धित क्षेत्रबाट भएकाले सबै मगर संघसंस्था तथा नेपाल मगर संघका जिल्ला इकाई र भातृसंस्थाहरु र विदेशस्थित शाखाहरुमा नेपाल मगर संघ केन्द्रिय समितिको आधिकारिक सिफारिस विना कुनै खालको सहयोग तथा सहकार्य नगर्न र नगराउनका लागि सबैमा जानकारी मुलक यस अपिल जारी गरिएको छ ।’

एउटा आधिकारिक संस्थाले यो अपिल कसको विरोधमा जारी गरिएको छ भन्ने कुरा कँहि खुल्दैन । मगर संघले वास्तवमै कुनै भिलेनको विरुद्ध अपिल जारी गर्नु परेको हो कि कसैको अर्काको प्रगतिमा जलन भएर अपिल निकालिएको समय क्रमसँगै खुलस्त हुँदै जानेछ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %