
एनेकपा माओवादी स्थायी समिति सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ्गले राजनीतिक भाषण गर्न छाडेका छन् । संविधानसभा र संसदमा रिर्पोटिङ्ग गर्ने पत्रकारहरुको साझा संस्था संसदीय मामिला पत्रकार समाजले असोज १३ गते आयोजना गरेको चियापान कार्यक्रममा गुरुङ्गले राजनीतिको ‘र’ पनि उच्चारण गरेनन् ।
सिँहदरबारस्थित पुरानो राष्ट्रियसभा हलमा गुरुङ्गले दशै तिहार र छठ पर्वको शुभकामना मात्रै दिएपछि पत्रकारहरु मुखामुख गर्न थालेका थिए । आयोजकले एमाले काँग्रेसपछि एमाओवादीको तर्फबाट गुरुङ्गलाई बोल्ने पालो मिलाएको थियो । तर गुरुङ्गले एमाले नेता सुरेन्द्र पाण्डेपछि कार्यक्रमका सभापति प्रकाश गिरीसँग पालो मागेर माइक्रोफोन समात्न पुगेका थिए । तर गुरुङ्गले राजनीतिक शब्द उच्चारण गरेनन् । जबकी उनीपछि बोलेका काँग्रेस नेता रामचन्द्र पौडेल संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग मात्रै होइन भाषण गर्ने मौका पाएका पत्रकारहरु शिव गाउँले, खगेन्द्र पन्त र प्रकाश गिरीले समेत राजनीतिक भाषण ठोकेका थिए । गुरुङ्ग भन्दा पहिला बोलेका पाण्डेले त झन एमाओवादी र उसको नेतृत्वको सरकारकै आलोचना गरेका थिए ।
विपक्षीमाथि चोटिलो प्रहार गर्न माहिर नेता गुरुङ्ग किन राजनीतिक शब्द प्रयोग गर्न हिच्किचाए भन्ने विषयमा राज्यसत्ता डटकमले माओवादी स्रोतबाट नयाँ तथ्य पत्ता लगाएको छ । गुरुङ्ग डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएपछि भट्टराईसँग सबैभन्दा बढी आक्रोशित बन्न पुगेका माओवादी उपाध्यक्ष मोहन वैद्य पोखरेल पक्षधर नेता हुन । गुरुङ्गलाई असोज १२ गते बसेको माओवादी पदाधिकारी वैठकमा पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईको अनुमति बिना बोल्न प्रतिबन्द लगाइएको हो । गुरुङ्गले दाहाल र भट्टराईले सेन्सर गरेको कुरा वाहेक अन्य कुरा बोले कारवाहीको भागीदार हुनुपर्ने पदाधिकारी वैठकमा सहमति भएको स्रोतले जानकारी दिएको छ ।
कुटनीतिक भाषा भन्दा कटाक्ष प्रहारमा माहिर गुरुङ्गले दाहाल, भट्टराई र मोहन वैद्य पोखरेलको सेन्सरसिपलाई स्विकारेर राजनीतिक शब्द प्रयोग नगरेका हुन ।
