इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको गोली हानेर हत्या गरिएको छ । फैजानलाई असोज ९ गेत दिनको २ बजे काठमाडौं घण्टाघर नजिक नमाज पढेर फर्कदै गर्दा हत्या भएको हो । दुई मस्जिदको वीचमा रहेको हत्यास्थान महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट ५० मिटर नजिक छ ।
गोली लागेर ढलेका फैजानलाई त्रिचन्द्र क्याम्पसका विद्यार्थीले उद्दार गर्न खोज्दा हत्याराले पेस्तोल कक गरेका थिए । हत्याराले फ्रेच्नकट दाह्री पालेको प्रत्यक्षदर्शीले बताएका छन् । हत्याराले वर्षादी ओढेर आएका थिए । काठमाडौंमा हिजो साँझदेखि नै निरन्तर झरी परिरहेको छ ।
हत्या मुस्लिम समुदायलाई उत्तेजित गर्ने उद्देश्य भएको हुने सक्ने अनुमान गरिएको छ ।
