राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय आदिवासी जनजाति महासंघ झापाको आयोजनामा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विर्तामोडस्थित अतिथि सदनमा असोज ८ गते सम्पन्न प्रशिक्षणमा पार्टीको नीति तथा योजना र समसामयिक राजनीतिक परिस्थितिमा विशेष जोड दिइएको थियो । राजमुपा संघीय परिषदका उपमहासचिव चन्द्रबहादुर श्रीसले पार्टीको कार्यक्रम तथा भावी कार्यदिशाको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संघीय परिषदका उपाध्यक्ष केपी पालुङ्वाले जातीय मुक्तिका लागि राष्ट्रिय जनमुक्ति पार्टीको विकल्प नरहेको धारणा राखे ।
प्रशिक्षण कार्यक्रमकै अवसरमा १६ जनालाई पार्टीमा नयाँ सदस्यता वितरण गरिएको लिम्बुवान प्रान्तीय परिषदका झापा सचिव पदम कन्दङ्वाले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । पार्टीमा प्रवेश गर्नेहरु एमाओवादी काँग्रेस एमाले र संघीय लिम्बुवान राज्यपरिषद त्यागेर आएका हुन ।
कार्यक्रम धनबहादुर गोले तामाङ्गको अध्यक्षता तथा झलक याम्फु राईको साचालनमा सम्पन्न भएको थियो ।
