
बुद्ध एयरको वीच एयर क्राफ्ट ललितपुरको विशुंखेनारायण गाविसमा दुर्घटनाग्रस्त भएको छ । असोज ८ गते विहान ७ बजे दुर्घटनाग्रस्त विमानमा सवार १९ जनाको निधन भएको छ । जिवित उद्धार गरिएका निराजन कर्माचार्यको पनि वि एण्ड वि अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
उद्धारमा खटिएका प्रहरी उपरिक्षक भुपबहादुर थापाले १९ जनाको निधन भएको बताएका छन् । विमानमा सवार अधिकाँश नागरिक विदेशी रहेको बताइएको छ । चालक दलमा पाइलट पदमा अधिकारी र जेबी ताम्रकार तथा एयर होस्टेज अस्मिता श्रेष्ठ रहेका छन् ।
दुर्घटना सम्बन्धी थप विवरण आउन बाँकी छ ।
तस्विर:- सेन्छेलुङ्ग लिम्बु
