म्याग्दी.रेडक्रस सोसाइटी म्याग्दीलाई म्याग्दीदेखि बेलायत गई स्थायी बसोबास गरिरहेका म्याग्दीबासीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोनाले यही फागुन महिना भित्र दुई वटा एम्बुलेन्स सहयोग प्रदान गर्ने भएको छ । म्याग्दी खोला र काली खोलाका बासिन्दाहरुलाई छिटो छरितो र सहजताको साथ एम्बुलेन्स सहयोग प्राप्त होस् भनेर नै एउटा एम्बुलेन्स दरबाङ र अर्को एम्बुलेन्स तातोपानी राखेर सेवा दिने भन्ने निर्णय भए अनुरुप सोही स्थानको लागि बेलायतमा बसोबास गरिआईरहेका व्यक्तिहरुको सहयोगमा प्राप्त भएका एम्बुलेन्सहरु राखेर सेवा दिइने छ- मुक्ति रोका सभापति रेडक्रस सोसाईटी ।
व्यवहारिक रुपमा यो व्यवस्था मिलाउन गाह्रो भए पनि दाताहरुले भने अनुरुप नै सोही स्थानबाट सेवा प्रदान गर्न रेडक्रस म्याग्दी लागिपर्ने छ- सोसाइटी म्याग्दीका मन्त्री लेखबहादुर हमाल । पहाडी जिल्लामा एम्बुलेन्स सेवा प्रदान गर्दा घाटा छ तर पनि घाटा हेरेर हामीले म्याग्दीमा एम्बुलेन्स सेवा दिइरहेका छैनौं यो त रेडक्रसको सामाजिक धर्म नै हो- उपसभापति दामोदर रिजाल ।
हामी विदेशमा गएर बसेका छौं तर हामी मुलतः म्याग्दीबासी नै हांै । म्याग्दीमा बसोबास गरिरहेका हाम्रा छरछिमेकीहरुले सहज तरिकाले एम्बुलेन्स सेवा प्राप्त गरुन भनेर हामीले मोनामा यो प्रस्ताव गर्दा आफ्नो ठाउँको लागि केही गर्ने सामाजिक कार्यमा सबैले हौसला बढाएर सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको हुँदा यो कार्य गर्न सफल हुँदैछौं । भविष्यमा पनि हामी म्याग्दी जिल्लामा केही न केही गरिरहने नै छौं- योगकुमार फगामी अध्यक्ष मोना बेलायत ।
मेजन पुन मगर\म्याग्दीमा
