त्रिभुवन विश्वविद्यालयमा पढाइने पुस्तक भन्छ,’गौतम बुद्ध नेपालमा होइन भारतमै जन्मिएको हो’

Read Time:2 Minute, 52 Second

Rajyasatta Exclusive:- त्रिभुवन विश्वविद्यालयले महामानव गौतम बुद्धलाई भारतमा जन्मेको हो भन्ने पुस्तक पाठ्यक्रममा राखेर पढाएको विषय नौलो होइन । यस्ता पुस्तक पाठ्यक्रमबाट हटाउन धेरै विद्यार्थीहरुले संघर्ष गरे र उनीहरुको ठूलो योगदानबाट यस्ता गलत पुस्तक पाठ्यक्रमबाट हटे । तर त्रिवि स्नात्तकोतर तहको आमसाचार र पत्रपत्रिकामा भने अझै पनि बुद्धलाई भारतमै जन्मेको हो भन्ने पुस्तक पढाइन्छ । स्नात्तकोतर द्वितिय वर्षको डेभलेपमेन्ट कम्युनिकेसन एण्ड इन्टरकल्चरल कम्युनिकेसन विषयमा पढ्नुपर्ने पुस्तकमा बुद्धलाई भारतीय भनेको हो । कम्युनिकेसन फर डेभलपमेन्ट इन द थर्ड वल्र्ड थ्योरी एण्ड प्राक्टिसेस फर इमपावरमेन्ट नामक पुस्तकको २८८ पेजमा गौतम बुद्ध भारतमै जन्मिएको र बुद्ध धर्म पनि भारतबाटै शुरु भएको उल्लेख छ ।

पेज नम्बर २८८ को बुद्धिज्म एण्ड विलरेशन उपशीर्षक अन्र्तगत उल्लेख छ Buddism Is a younger religion than hinduism and has its origins in India. Its founder was Gautama Buddha, Who lived in ancient northern India in the 5th and 6th century BC.The name Buddha means enlightened one. The Buddha’s birth name, however, was Gautama Siddhartha. He was born to a royal Hindu family and had a privileged upbringing, but felt dissatisfied with the extravagant lifestyle of the royal court and eventually chose to dedecate his life to seeking enlightment.


यस्तो भ्रमपूर्ण पुस्तकका लेखक Srinivas R. Melkote and H. Leslie Steeves हुन । लेखकहरुले डिएन माहाथेराको ४ असष्ट १९९८ मा प्रकाशित इन्टरडक्सन टु बुद्धिस्म लाई उधृत गरेर यस्तो गलत सूचना राखेर पुस्तक प्रकाशित गरेका हुन । Sage Publications  ले २०१० मा कम्युनिकेसन फर डेभलपमेन्ट इन द थर्ड वल्र्ड थ्योरी एण्ड प्राक्टिसेस फर इमपावरमेन्ट को दोस्रो संस्करणलाई सातौ पटक प्रकाशित गरेको छ ।  यही पुस्तक त्रिभुवन विश्वविद्यालयको स्नात्तकोतर तहमा पढाइन्छ ।  राज्यको चौथो अंग उत्पादन गर्ने विषयमै यस्तो गलत पुस्तक पढाउँदा पनि  यसलाई कसैले गम्भिरता पूर्वक लिएको छैन । यसलाई नत त्रिवि प्रशासनले गम्भिरता पूर्वक लिएको छ न विद्यार्थी संगठनले नै ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %