संघीय प्रकाशन प्रालिले असोज १४ गतेबाट संघीय एक्सप्रेस अर्धसाप्ताहिक पत्रिका प्रकाशन गर्ने भएको छ । संघीय एक्सप्रेसले आदिवासी जनजाति दलित महिला लगायत पिछडिएका समुदायको अधिकारलाई जोड दिने पत्रिकाका सम्पादक लोकनेश ढेंगा मगरले राज्यसत्ता डटकमलाई जानकारी दिए ।
संघीय एक्सप्रेस हरेक हप्ताको बुधवार र शनिवार प्रकाशित हुनेछ । संघीय प्रकाशन प्रालिको अध्यक्ष भीमबहादुर राना रहेका छन् ।
