कुकरले छोएको खाने खड्का परिवारले मान्छे छोइदा मात्रै………..

Read Time:1 Minute, 48 Second

झुक्किएर छोइएको निहुमा नुवाकोटको कथित दलित परिवारमाथि निर्घात कुटपिट भएको छ । नुवाकोट जिल्ला कल्याणपुर गाविस-७ कागुनेका रोजी परियारका पाँच सदस्य गैर दलितबाट मरणासन्न हुने गरि  कुटिएका हुन । रोजी सहति सासू सुकुलक्ष्मी नेपाली छोरीहरु सङ्गीता, सिर्जना र सुजनालाई छिमेकी नारायण खड्का, एशोदा खड्का, विकास खड्का, दीपक खड्का र विष्णुमाया खड्का रिमालले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन ।

कुट्नका लागि हात हतियार सहित परियारको घरमा खड्का छापामार शैलीमा आएको प्रत्यक्ष दर्शीले बताएका छन् । खड्का परिवारले रोजीको घरमा रहेका सबैलाई कुटपिट मात्रै गरेनन् भए भरका समान फुटाली दिए र कतिपय महँगा सामान लुटेर पनि लगे । बस चढ्दा सुजना परिवारले झुक्किएर विष्णुमाया खड्का रिमालको खुट्टामा छोइएको निहुँमा परिवारमाथि नै आक्रमण  भएको हो । सृजना जिङ्गरे उमावि कल्याणपुरमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन ।

रोजीले आफूलाई दलित भन्दै अपमान गरिएको र मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीमा उजुरी दिए पनि दोषीमाथि कारवाही हुनेमा आशंकै छ । किनभने दलितको पक्षमा न मिडियाले आवाज उठाउँछ न प्रहरी प्रशासनले नै ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %