थारु समुदायले जितिया पर्व धुमधामसँग मनाए

Read Time:1 Minute, 49 Second

राजधानीमा बस्दै आएका थारु समुदायले जितिया पर्व धुमधामसँग मनाएका छन् । उपत्यका थारु महिला समाजले असोज ३ गते आयोजित कार्यक्रममा गीत नृत्य नाटक तथा पूर्व-मेचीदेखि पश्चिम-महाकालीसम्मका थारु भेषभुषा प्रदर्शन गरिएको छ । समाजले तत्कालीन राजपरिषद्का सभापति परशुनारायण चौधरी, राष्ट्रिय फुटबल टोलीका खेलाडी भरत खवास, थारु चलचित्रका नायिका सोनु चौधरी, एथेलेटिक्स खेलाडी देवी चौधरीलगायतका थारु समुदायका व्यक्तिलाई सम्मान गरेको छ ।

कार्यक्रममा नवनियुक्त महिला बालबालिका तथा समाज कल्याणमन्त्री दानबहादुर चौधरीले जितिया पर्वले थारु महिलालाई एकतामा बाँध्ने धारणा राखे ।  मन्त्री चौधरीले थारुहरुको धर्म संस्कृति र पहिचानलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने आवश्वासन दिए ।

कार्यक्रमका अर्कावक्ता पूर्व राज्यमन्त्री भगवती चौधरीले थारुहरुको आफ्नो पहिचान संस्कृति हराउँदै गएको र संरक्षणमा राज्यको ध्यान नपुगेको धारणा राखिन् । थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारुले थारुहरुले आफ्नो मौलिक पहिचान संस्कृतिलाई बचाइ राख्नका लागि जितिया पर्वको ठूलो महत्व रहेको उल्लेख गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %