संगठन काँग्रेसका जनजातिको, लडाई कोइराला र देउवाको

Read Time:1 Minute, 48 Second

नेपाली काँग्रेसमा आदिवासी जनजाति संघलाई आफ्नो पक्षमा कसरी पार्ने भन्नेमा वाहुन र ठकुरी नेताले तानातान चलेको छ । नेपालमा भएका पार्टीहरु मध्ये सबै भन्दापछि जनजाति भातृसंगठन बनाएको काँग्रेसमा शेरबहादुर देउवा र सुशिल कोइराला दुबै अहिले जनजाति संघलाई आफ्नो औंलामा नचाउन चाहन्छन् ।

जनजाति संघको नेतृत्व गरेको इन्द्रबहादुर गुरुङ्ग देउवा पक्षीय हुन । संघका बहुमत नेताहरु देउवाको इसारामा नाच्ने भएकाले कोइरालापक्ष यो संघलाई विघटन गरेर आफूले जे भन्यो त्यहि मान्ने जनजातिलाई संघको नेतृत्वमा ल्याउन चाहन्छन् । यसैका लागि देउवाले गुरुङ्गलाई सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिन लगाएका छन् । देउवा पक्षीय नेता गुरुङ्ग काँग्रेस महाधिवेशनमा जनजातिका लागि आरक्षित सिटमा समेत पराजित  नेता हुन ।

जनजाति संघको कार्यकाल पुरा भईसकेकाले विघटन गरेर अधिवेशन गर्नु पर्ने कोइराला पक्षको अडान छ । गूरुङ्गले भने आफूहरु आगामी फागुनसम्ममा अधिवेशनको तयारीमा जुट्ने भन्दै पार्टी नेतृत्वलाई पत्र पठाएको छ । कोइरालाको पक्षमा लागेर निर्वाचित महामन्त्री बनेका प्रकाशमान सिँह यो समितिलाई विघटन गर्ने पक्षमा छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %