पश्चिम नेपाल कब्जा गर्न कोहलपुरमा जनमुक्तिको कार्यालय

Read Time:1 Minute, 37 Second

राष्ट्रिय जनमुक्ति पार्टीले मध्य पश्चिमाचल र सुदुर पश्चिमाचल विकास क्षेत्रका सबै  जिल्लादेखि गाविससम्म संगठन विस्तार गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । असोज २ गते कार्यालयको उदघाटन गर्दै जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले ३ ठूला राजनैतिक पार्टीका कारण थप गरिएको समयमा पनि संविधान नवन्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टी वाके जिल्लाका जिल्ला अध्यक्ष भोजबहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन  कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मध्यपश्चिमाचल ईन्चार्ज केपी पालुङ्गा लिम्वु, प्रशिक्षण भाग प्रमुख रत्न राना, संघीय परिषद सदस्यहरु अशोक पुन, वलदिप राई, लक्ष्मी सारु, मोहन सारु लगायतले जनमुक्ति पार्टीले नेतृत्व नलिई समृद्ध नेपाल सम्भव नहुने धारणा राखे । वाके जिल्लाका जिल्ला सचिव धनसिँह रानाको स्वागत र सहसचिव धनप्रसाद पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %