पहिरोले पनि छोडेन दलित र जनजातिलाई

Read Time:7 Minute, 42 Second

पूर्वी रोल्पाको मिझिङ-१ सुलिचौर स्थित रुइनिबाङ बजारमा शुक्रबार राित पहिरोले घर पुरिदा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी १८ घाइते भएका छन । मृत्यु हुनेहरुमा सेरम-७ का ७५ वर्षिय नलबहादुर बुढाथोकी, अर्घाखाँची सिद्धार्थ-६ का ५५ वर्षिय जुनतारा पुनमगर,  कपिलवस्तुका दिपक परियार र प्रेम परियार, गुम्चाल-३ का २६ वर्षिया काली परियार, उनका पाँच वर्षिय कान्छा छोरा मिन्तु परियार र ३ वर्षकी छोरी निशा परियार रहेका छन ।

मृतक दिपक र प्रेम परियारको शव शनिबार २ बजेतिर मात्र फेला परेको थियो । विहान उज्यालो नहँुदै देखि पहिरोमा पुरिएकाहरुको खोजी कार्य गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिए । प्रहरी निरीक्षक शाहका अनुसार मृतक सबैको शव पोष्ट मार्टमका लागि सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मृतक काली परियारका श्रीमान तुलबहादुर परियार पहिरो खस्दै गर्दा पहिरोको बीचबाटै भाग्न सफल भएका थिए । परियारका ९ वर्षीय जेठा छोरा रेशम परियार पुरिएकै अवस्थामा स्थानीय वासीले जिवितै उद्दार गरेका थिए ।

उद्दारमा राती देखि नै खटेका दुर्गाबहादुर खड्काले मलिन अनुहारमा भन्न भ्याए ‘पुरिएर चिच्याई रहेकै ठाउँमा पहिरो पन्छाएर उद्दार गरेका हौं । आफ्नो पत्नी एक छोरा र एक छोरी गुमाएका तुलबहादुर भने अझै सम्म होसमा आउन सकेका छैनन् । परियार परिवारले यहाँ सिलाई कटाई पसल साचालन गरेर जिविका चलाउँदै आएका थिए । परियारकै पसलमा कालीगढ काम गर्दै आएका दिपकका साला भेनाजु भने अझै सम्म वेपत्ता अवस्थामै रहेका छन ।

उद्दारमा संलग्न अमृत घर्तीमगरका अनुसार राती करिव ३ बजे पहिरोमा गएको हो । पूर्वी रोल्पाको प्रमुख व्यापारिक केन्द्र मानिने सुलिचौर रुइनीबाङ बजारमा खसेको भीर पहिरोबाट ३ पक्की ५ कच्ची घर र ८ वटा ढेब्ली पुरिएर क्षेतीग्रस्त हुँदा लाखौंको नोक्सान भएको छ । पहिरोबाट परिएका केही घरमा होटेल समेत साचालन हुदै आएकाले ज्यान गुमाउनेमा केही होटेलमा बास बसेका पाहुना समेत रहेका छन ।

प्रहरीका अनुसार मदन सुवेदी दुर्गा थापा र लालबहादुर घर्तीमगरको पक्की घर पुरिएको छ भने चन्द्रबहादुर बुढाथोकी, देवीराम घर्तीमगर, कमला बढाथोकी होमबहादुर खड्का र गंगाराम खड्का एकएक वटा कच्ची घर पुरिएर कामै नलाग्ने गरी क्षतीग्रस्त भएका छन । पहिरोबाट करिव २ करोडको क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ ।

पहिरो आए लगत्तै रातीबाट प्रहरी सुलिचौरका स्थानीय बासीले उद्दार कार्य जारी राखेका थिए । विहान पख देविदत्त गण साड्दोबाट ३० जना नेपाली सेनाको टोली समेत उद्दार कार्यमा पुगेको निमित्त प्रमुख जिल्ला अधिकारी धनबहादुर केसीले जानकारी वताए । त्यसैगरी प्रहरी चौकी खंुग्री उवा लगायतका ठाउँबाट पनि प्रहरी उद्दारका लागि परिचालन गरिएको थियो ।

यतिबेला पहिरोमा पुरिएर मृत्यु भएका आफन्त र सुलिचौरबासी शोक मग्न वनेका छन । सुलिचौर वजारबासीले शनिबार पसल वन्द गरी शोक व्यक्त गरेका छन । पहिरोमा पुरिएर जनधनको ठूलो क्षती भए पछि सिगो रोल्पा नै शोक मग्न<br>
बनेको छ ।

उद्दार गरिएका १८ जनालाई रुइनीबाङ स्थित स्थानीय नव जीवन क्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पठाईएको थियो । स्वास्थ्यकर्मी चिजा विष्टका अनुसार सबै घाइतेहरुलाई प्राथमिक उपचार गरी डिस्चार्ज गरिएको छ । हाल घाइतेहरुको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

शुक्रबार राती देखि रोल्पा परेकॊ अत्याधिक वर्षाका कारण पहिरो गएको हो । सुलिचौरबासीका अनुसार पूर्वी रोल्पामा यो दशककै सबै भन्दा ठूलो वर्षा भएको हो । रुइनीबाङ बजार भीरको काखमा रहेकाले थप पहिरो आउन सक्ने खतराले रुइनीबाङबासी अहिले पनि तर्षित अवस्थामै रहेका छन । प्रहरीले घटना स्थल रुइनीबाङमा रहेका करिव १ सय ५० घर जोखिममा रहेको जनाएको छ ।


पीडितहरुलाई राहात वितरण

मृतकका ५ परिवारलाई निमित्त प्रमुख जिल्ला अधिकारी धनवहादुर केसीले घटना स्थलममै पुगेर जनही २५ हजारका दरले राहात रकम वितरण गरेका छन । जिल्ला प्रशासन कार्यालयबाट राहात स्वरुप नगद प्रदान गरिएको नि। प्रजिअ केसीले जानकारी दिए । प्रशासनद्धारा घर भत्किएका ९ घर परिवारलाई पाँच हजारका दरले नगद राहात उपलब्ध गराएको छ ।

नेपाल रेडक्रस सोसाईटी रोल्पाले घर भत्किएका १२ परिवारलाई लत्ताकपडा खाद्यान्न र भाँडाकुडा र त्रिपाल वितरण गरेको छ । उद्दारका लागि सदरमुकाम लिबाङबाट निमित्त प्रजिअ धनबहादुर केसी देविदत्त गणका गणपति सुरत रावल नेपाल रेडक्रस सोसाइटी टोली संचारकर्मी उद्योगी सामाजिक संघ संगठनका टोली घटना स्थल पुगेको थियो । राहात सामाग्री लिएर टोली त्यहाँ पुगेको हो ।

घतना स्थलमा दिउसो १ बजेबाट वर्षा हुन थाले पछि थप पहिरो आउने खतरा रहेको छ । घटना सुने लगत्तै रोल्पाबाट संविधान सभामा प्रतिनिधित्व गर्ने सभासद समेत काठमाडौबाट घटना स्थल तर्फ हिडेको जानकारी प्राप्त भएको छ ।

हिराबहादुर घर्ति मगर\रोल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %