पाल्पामा ट्रक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । तानसेन-रिडी सडकखण्ड अन्र्तगत पाल्पाको देउराली ८ जोर्ते नजीकै बा १ ख ८१८५ नम्बरको ट्रक भदौ ३१ ग्ते दुर्घटना हुदाँ ट्रकका सहचालक चितवन रत्तननगर नगरपालिका ९ का २८ वर्षिय दिपक सुनारको मृत्यु भएको हो ।
विहान करिव ८ वजेको समयमा भएको दुर्घटनामा परि उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा रत्ननगर ९ चितवनका २६ वर्षिय ट्रक चालक युदिब भण्डारी गम्भिर घाईते भएका छन् । उनको पाल्पा स्थित युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । चितवनबाट गुल्मी तर्फ खाद्यान्य लिएर जादै गरेको ट्रक ओरालोमा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
देव पचभैया\तानसेन
