इभिता ताम्राकार भइन् मिस ग्लोबल व्यूटी क्विन २०११

Read Time:6 Minute, 20 Second

इएस क्रियसनद्धारा शनिबार राजधानीमा आयोजित  दोस्रो मिस ग्लोबल व्यूटी क्विन २०११ मा  इभिता तामा्राकार दोस्रो मिस ग्लोबल व्यूटी क्विन चुनिएकी छिन्। उनले उपाधि जितेवापत स्कुटरका साथमा २५ हजार रुपियाँ तथा स्कलरसिप प्राप्त गरेकी छिन्। उनले दोस्रो मिस ग्लोबल व्यूटी क्विन २०११ भएवापत कोरियामा हुने मिस ग्लोबल व्यूटी क्वीन इन्टरनेशनलमा नेपालको तर्पmबाट प्रतिस्पर्धा गर्ने अवसरसमेत पाउने छिन्। ग्रुप अफ इभेन्ट इन्टरट्रेनरले मिस ग्लोबललाई सो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गरेको हो।

भद्रकालिस्थित आर्मी अफिसर्स क्लवमा भव्यताका साथ सम्पन्न मिस ग्लोबल व्यूटी क्वीन  २०११ सौन्दर्य प्रतियोगितामा भुमिका ढकाल फस्ट रनरअप भइन्। उनले उपाधि जितेवापत ल्यापटपका साथमा १५ हजार रुपियाँ र स्कलरसीप प्राप्त गरेकी छिन्। त्यस्तै रुपा कार्की सेकेण्ड रनरअप भइन्। उनले उपाधिवापत ल्यापटपका साथमा १० हजार रुपियाँ र स्कलरसीप प्राप्त गरेकी छन्।

कोरियोग्राफर सृजना सिंह योन्जन, सञ्चारकर्मी तथा कोरीयोग्राफर जयन सुव्वा मानन्धर, पूर्व मिस नेपाल जेनिसा मोक्तान, व्यूटीसियन सीता पाठक, पत्रकार तारा चाम्लिङ र सपना श्रेष्ठको निर्णायक मण्डलले स्पर्धीहरुको क्षमता, प्रतिभालगायत पर्पmमेन्सका आधारमा विजेता चयन गरेका थिए। प्रतियोगितामा रुविना दाहाल मिस पपुलर, विनिता अर्याल मिस बेस्ट हेयर, आयुश्मा श्रेष्ठ  मिस फोटोजेनिक,  प्रतिजा श्रेष्ठ  मिस क्याटवक, निभा कायस्थ  मिस ट्यालेन्ट, सहारा वस्नेत मिस बेस्ट स्माइल, भुमिका ढकाल मिस क्रियटिभ, स्मृति कुवर मिस बेस्ट फिगर र सविना महर्जन मिस डिसिप्लेन भएका छन्। आइइसी फेसन कलेजका विद्यार्थीहरुले तयार पारेको पोसाकमा भुमिका ढकाल वेस्ट क्रियटिभ ड्रेस घोषित भइन। फोटोजेनिक विजेताले वेब साइटका लागि फोटो शेषन र म्युजिक भिडियोमा मोडलिङ गर्ने, वेस्ट हेयर तथा वेस्ट स्किन विजेताले नेपाल ओभरसीजमा पारिश्रमिकसहित ब्रान्ड एम्बेसडर हुने अवसर पाउने छिन्। कार्यक्रममा उपउपाधिका विजेताहरु सबैलाई विभिन्न आकर्षक गिप्mट हयाम्पर प्रदान गरिएको थियो।

नेपाललाई सौन्दर्य प्रतियोगीतामार्पmत पनि विश्वमा चिनाउन मिस ग्लोबल २०११ आयोजना गरिएको र व्युटी पेजेन्ट आगामी वर्षहरुमा पनि निरन्तररुपमा गरिने आयोजक संस्थाका मार्केटिङ मेनेजर अजय मल्ल ठकुरीले बताए। ‘मिस ग्लोबलले मिस ग्लोबल क्वीन इनटरेनशलनमा सहभागी भएर नेपाललाई अर्को ढंगले पनि विश्वमा चिनाउने कोशिष गर्नेछिन्’ मल्ल्को भनाई थियो। आयोजक संस्थाका मेनिजिङ डाइरेक्टर सुदिप सत्यालले यसपटकको प्रतियोगितामा अन्तराष्ट्रिय मापदण्डका उचाई र शारीरीक बनौटका युवतीहरुलाई मात्र समावेश गरिएको र यसबाट कोरियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउन पनि उत्साहजनक पक्ष हुने बताए। ‘कार्यक्रमलाई विविधता प्रदान गर्ने क्रममा मीलन अमात्य,  विष्णु चेमजोङ, र सपन श्रेष्ठले गीत संगीत प्रस्तुत गरेका थिए भने वि वोइङ्ग डान्सबाट दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो।

कोरियोग्राफर रोजिन शाक्यद्धारा सञ्चालीत कार्यक्रममा रोजिनकै कोरियोग्राफी रहेको थियो। अफिसियल फोटोग्राफर कमल श्रेष्ठ, व्युटिसियन फक्स फायर यनिसेक्स एन्ड व्युटी होम थिए। त्यसै गरी मिस टयालेण्टको निर्णायक मण्डलमा गायक उदय सोतांग, निर्णय श्रेष्ठ, बलराम समाल, पत्रकार तारा चाम्लिङ थिए।

मिस ग्लोबलमा सहभागी हुनका लागि ५० कलेजका ६५ किशोरी तथा युवतीले आवेदन गरेका थिए। जसमध्ये प्रतिभा र सौन्दर्यताको आधारमा रोजिन शाक्य, मनिष श्रेष्ठ, अनुप सक्सेना, मिस ग्लोबल २०१० सेलिना मोक्तानको निर्णायक मण्डलले १९ आवेदनकर्तालाई अन्तिम स्पर्धाका निम्ति चयन गरेका थिए। स्पर्धाका लागि चयन सुन्दरीहरुलाई एक महिनाको अवधीमा गायक निर्णय श्रेष्ठ, आरोही पासाङ ल्हामु शेर्पा, पुर्व मिस नेपाल जेनिसा मोक्तान, सिर्जनासिंह योञ्जन, नमित चन्द, नरेश भट्टराई, विकास सवेदी, अनुप सक्सेनाले आ आप्mनो विधाको तालिम तथा ज्ञान प्रदान गरेका थिए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %