नेपाल मगर महिला संघको १४ औं स्थापना दिवस असोज ३ गते मनाइने भएको छ । संघका केन्द्रिय अध्यक्ष गंगा खासु मगरका अनुसार कार्यक्रम नेपाल बार एसोसियसनको भवनमा दिनको १ बजे शुरु हुनेछ ।
स्थापना दिवसमा अर्थ मन्त्री वर्षमान पुन मगर र युवा तथा खेलकुद मन्त्री कमला रोका मगरलाई अतिथिको रुपमा आमन्त्रण गरिएको अध्यक्ष खासु मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएकी छन् ।
डेढ दशक पहिलो बमकुमारी बुढा मगरको अध्यक्षता गठित नेपाल मगर महिला संघले मगर महिलाको हक हित काम गर्दै आएको छ ।
