राजमुपाको भाका धरान पुग्यो

Read Time:1 Minute, 47 Second

राष्ट्रिय जनमुक्ति पार्टीको भाका अभियान अन्र्तगत सुनसरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानमा भदौ ३० गते सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण परिषदका उपाध्यक्ष केपी पालुङ्गा संगठन सचिव सिद्धी तुम्बाहाम्पे र परिषद सदस्य सूर्य सारुमगरले वर्तमान देशको राजनैतिक अवस्था र पार्टीका संगठनात्मक संरचना नीति तथा कार्यक्रम र भावी रणनीतिको  बारेमा  प्रशिक्षण दिएका थिए ।


प्रशिक्षण कार्यक्रम जिल्ला अध्यक्ष चन्द्रबहादुर थकलुङ्गको अध्यक्षता र पार्टीका सहअध्यक्ष श्रवणकुमार लिम्बुको प्रमुख आतिथ्य र सदस्य सबी मयाङ्गगो  फेडरल हाउसका सदस्य बलबहादुर खपलुङ्ग पदम बहादुर तामाङ्गको उपस्थिती रहेको थियो ।

यसैवीच सुनसरी जिल्लामा संघीय परिषदको भाका कार्यक्रम अन्र्तगत प्रशिक्षण भदौ २९ गते ईटहरीबाट शुरु भएको छ । ईटहरीको रिभर साईड रेष्टूरेण्टमा भएको प्रशिक्षणमा सुनसरी जिल्लाको क्षेत्र नं २, ३, ४, ५ का क्षेत्रिय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।  जसमा उराव मुसहर मण्डल र मुसलमान समुदायका कार्यकर्ताहरु संगठित रहेको छ । पार्टी कार्यकर्ताहरुको सुझाव र गुनासाहरुको संकलन पनि गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %