अर्जुनधारामा जनुमक्ति प्रवेश (चार तस्विर)

Read Time:1 Minute, 57 Second

झापाको अर्जुनधारा गाविसमा राष्ट्रिय जनमुक्ति पार्टी निर्वाचन  क्षेत्र नं  ४ मा क्षेत्रीय प्रशिक्षण सम्पन्न भएको छ । राजमुपा संघीय परिषदका संगठन सचिव शिद्धी तुम्बाहाम्पे र परिषद सदस्य सूर्य सारु मगरले पार्टीको विधान आचार संहिता संघीयता र वर्तमान राजनैतिक विषयमा प्रशिक्षण दिएका हुन ।

जिल्ला अध्यक्ष भवानी विक्रम शेलिङ्गको अध्यक्षता र संघीय परिषदका महिला उपाध्यक्ष मिना पन्धाकको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संघीय परिषदका सदस्य शिव आर्चाय, शान्ति राई, झापा जिल्लाका ईन्र्चाज नरबहादुर योङ्गयाङ्गको पनि उपस्थित रहेको थियो ।

राजमुपामा झापाका विभिन्न गाविसबाट आएका मेचे, थारु, राई र लिम्बु समुदायका युवाहरु २५ जना प्रवेश गरेका छन । प्रशिक्षक सूर्य सारुमगरले लिम्बुवान मात्र पाएर लिम्बुवान भित्र बसोवास गरेका नागरिकहरुले अधिकार प्राप्त गर्न सक्दैन त्यसको लागी संघीय राज्यमा अग्रअधिकार मात्र दिएर पनि नहुने धारणा राखे । सारु मगरले जातिय जनसख्याको आधारमा सामानुपातिक कोटा सहितको निर्वाचन प्रणाली प्रत्याभूत हुने गरी  नयाँ बन्ने संविधानमा लेख्न माग गरे ।

तस्विर सौजन्य: सूर्य सारु मगर

तस्विर सौजन्य: सूर्य सारु मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %