एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधानमा राख्ने विषयमा देखिएको विवाद लगभग सकिएको बताएका छन् । राजधानीमा भदौ ३० गते अयोजित शान्ति प्रकि्रया र संविधान निर्माणबारे वृहत अन्तरकि्रया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन ।
संविधानमा राख्ने विषयमा देखिएका विवाद समाधान गर्न बनेको उपसमितिका संयोजक समेत रहेका दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा दलहरुवीच सहमति भएको बताए । दाहालले भने ठूलो अनर्थ भएन भने अब शासकीय स्वरुप र निर्वाचन प्रणालीमा विवाद मिलिसकेको छ ।
दाहालले मिल्न बाँकी रहेका प्रमुख तीन मध्ये राज्यपुनःसंरचना विषय पनि छिट्टै टुँगो लाग्ने धारणा राखे । यसका लागि विज्ञ समूह बनाउने विषयमा सहमति बनीसकेकाले निर्धारित मितिमा संविधानजारी गर्न असम्भव नरहेको उनको भनाई थियो ।
शान्ति विरोधी र खुन खराब गरेर फाइदा लिन चाहनेहरुलाई बेलैमा संविधान बनाएर देखाउनु पर्ने दाहालले उल्लेख गरे ।
