पोखरामा मगर चलचित्र ‘वाङ्म मुले’ देखाइने

Read Time:1 Minute, 16 Second

नेपाल मगर विद्यार्थी संघल मगर भाषाको चलचित्र वाङ्म मुले पर्खी बस्नेछु को च्यारिटी शो गर्ने भएको  छ ।  चलचित्र नेपाल मगर संघको कार्यालय पोखरामा भदौ ३१ गते प्रर्दशन गर्न लागिएको मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष विनोद रखाली  मगरले जानकारी दिए ।  

मगर भाषा सँस्कतिमा आधारित  यसचलचित्रलाई श्याम थापा मगरले निर्देशन गरेका हुन । वेरोजगार युवाहरुको कथाव्यथालाई  चलचित्रमा प्रस्तुत गरिएको छ ।  चलचित्रमा  संगीता थापा मगर, होम थापा मगर, श्याम थापा मगर, डम्मरशोमेङ थापा मगर लगायतका कलाकारले अभिनय गरेका छन् । पाल्पा र स्याङजा लगायतका जिल्लाका रमणीय दृश्यहरु चलचित्रमा समेटिएको निर्माण पक्षको दाबी छ ।

रिमा थापा मगरले निर्माण गरेको यस चलचित्रमा कृष्ण पुन मगरको नृत्य निर्देशक तथा सुर्य पुर्वछाने मगरको संगीत रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %