धर्म निरपेक्षता खारेज गरेर नेपाललाई मात्र हिन्दुहरुको राष्ट्र बनाउन माग गर्दै आएको हिन्दू धर्म बचाऔँ अभियान नेपाल काचनपुरले दौरा सुरुवाल कोट र टोपीलाई राष्ट्रिय पोसाकको मान्यता दिनै पर्ने माग गरेको छ । अभियागनका महासचिव हेमन्त रेग्मीले दौरा सुरुवाललाई विरोध गर्दा क्षेत्री वाहुनको अधिकार हनन हुने बताएका छन् ।
अघिल्ले सरकारले गरेको निर्णयलाई सदर तथा १०१ जातीकै पोशाकलाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्ने उनीहरुको माग रहेको छ ।
