सबै जातीको पहिरणलाई राष्ट्रिय पोशाक मान्ने निर्णय जल्यो

Read Time:2 Minute, 35 Second

क्षेत्री समाज नेपालले सबै जातीले लगाउने पहिरणलाई राष्ट्रिय पोशाक मान्ने मन्त्री परिषदको निर्णय जलाएका छन् । क्षेत्री समाजले भदौ २८ गते पोखरामा मन्त्रीपरिषदको निर्णय जलाएका हुन । माधवकुमार नेतृत्वको सरकारले क्षेत्री र वाहुनले लगाउने लुगालाई राष्ट्रिय पोशाक बनाउन निर्णय गरेकोमा देश विदेशमा विरोध भएपछि अहिलेको सरकारले १०३ जातीकै पोशाकलाई राष्ट्रिय पोशाक मान्नु पर्ने निर्णय गरेको थियो ।  

तर क्षेत्री समाजले आफ्नो जातीय पहिरण दौरासुरुवाललाई १०३ जातीले राष्ट्रिय पोशाक बनाएर अनिवार्य लगाउनु पर्ने माग राख्दै दिनको १२ देखि १ बजे सम्म चक्काजाम समेत गरेका हुन । मन्त्रीपरिषदको निर्णय जलाउन क्षेत्री समाजको केन्द्रीय कार्यालय पोखराको नयाँबजारस्थित कार्यालयबाट निस्किएको र् यालीले पृथ्वीचोक एकघन्टा चक्काजाम गरेको हो ।

समाजका केन्द्रीय महासचिव कुमार खड्काले अन्य जातीको पहिरणलाई पनि मान्यता दिने हो भने आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिए  । क्षेत्री र वाहुनले लुगालाई मात्रै राष्ट्रिय पोशाक बनाउनु पर्ने र यसका लागि आफूहरु संघर्ष गर्न तयार रहेको खड्काको भनाई थियो ।

क्षेत्री र वाहुनको लुगालाई राष्ट्रिय पोशाक बनाउने निर्णयको आदिवासी जनजाति मधेशी अधिकारकर्मी लगायतले विरोध गरेका थिए ।  

सम्बन्धित समाचार

यसरी जलाइए सर्वोच्चको फैसला (फोटो फिचर)

पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय भन्नु सामन्ती एक जातीय चरित्रको निरन्तरता-लोकतान्त्रिक मधेशी संगठन

पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय पोशाक मान्दैनौं-मधेशी मोर्चा

‘दौरा सुरुवाल विरुद्ध ९ भदौमा माइतीघर मण्डला जाउँ’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %