दमकमा भाका प्रशिक्षण

Read Time:2 Minute, 5 Second

झापाको दमक नगरपालिकामा रहेको किरात सदन हलमा राजमुपाको क्षेत्र नं ७ का क्षेत्रिय स्तरको कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष लालबहादुर काउचा मगरको अध्यक्षतामा भदौ २७ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

जनमुक्तिको भाका कार्यक्रम अन्र्तगत आज क्षेत्रिय कार्यकर्ताहरुलाई परिषदका संगठनका सचिव शिद्धी तुम्बाहाम्फे र संघीय परिषद सदस्य तथा यातायाव व्यावसायी विभाग प्रमुख सूर्य सारु मगरले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ८५ जना कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर समितिका सचिव हर्कमाया तामाङ्गले  प्रशिक्षणले आफनो अधिकारको लागी सचेत बनाएको बताइन ।   आफू पहिलो पटक राजमुपाको कार्यक्रम आएको र जातियअधिकारबारे बल्ल थाहा पाएको तामाङ्गको प्रतिकि्रया थियो ।


कार्यक्रममा आदिवासी जनजाति महासंघका नगर अध्यक्ष मोहन धिमाल महिला महासंघका अध्यक्ष धनमाया थापामगरले शुभकामना मन्तब्य दिएका थिए र स्वागत मन्तब्य क्षेत्रिय सचिव धनराज राई गरेका थिए ।

कार्यक्रममा संघीयसभाका सदस्य लेकप्रसाद कन्दन्वा, नरमाया लिम्बु, हस्तमाया लिम्बु, संघीय परिषद सदस्य पदम जबेगु, सदस्य शिव आर्चायको साथै जिल्ला ईन्चार्ज नरबहादुर योङ्गयाङ्ग लिम्बुको पनि उपस्थित रहेको थियो ।

तस्विर सौजन्य:- सूर्य सारु मगर


तस्विर सौजन्य:- सूर्य सारु मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %