रुपन्देहीको देबदह खैरेनी चौराहामा केही समय अगाडि भएको गोली काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामनगर बुटवलका अनुसार पक्राउ पर्नेहरुमा देबदह निवासी हरी आचार्य र मनोज पुन रहेका छन् । पून र आर्चायलाई रुपन्देहीको मक्रहरबाट पक्राउ गरेको वडा प्रहरीले जनाएको छ ।
बिगत केही समय देखि खैरेनी क्षेत्रमा बिभिन्न बिषयहरुलाई लिएर एक आपसमा झगडा पर्दा समेत हवाई फाएर गरी स्थानीय वासीलाई आतंकित पारेको प्रहरीको आरोप रहेको छ । गाँउमा हातहथियार सहित आतंक मच्चाएको र बिभिन्न समयमा भएका अन्य घटनामा पनि उनीहरु संलग्न रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सोही काण्डका केही आरोपीहरु भने फरार रहेको र उनीहरुको खोजी कार्य तिव्ररुपमा जारी रहेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका आरोपीहरु ईलाका प्रहरी कार्यालय वुटवलमा रहेको र उनीहरु माथि अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलले वताईएको छ ।
गोविन्द घर्ती\देवदह
