काठमाडौको गुँदपाक र घिउमा दिसा पिसाब

Read Time:1 Minute, 25 Second

काठमाडौंको न्यूरोडस्थित ताजा गुँदपाक श्रीकृष्ण गुँदपाक र कन्हैया ब्रान्डको घिउ खानै नहुने अवस्थ्ामा रहेको प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग स्रोतका अनुसार गुँदपाका र घिउमा दिसा पिसाबमा पाइने जिवाणू फेला परेको छ ।

गुणस्तर विभागले परिक्षण गर्दा गुँदपाक र घिउमा संक्रमित र स्वास्थ्यका लागि हानिकारक तत्वको मात्रा नै बढी भएको प्रमाणित भएको हो । जनावरको बोसो मिलाइएको  र मानव मलमुत्र प्रयोग किन गरियो भन्ने विषयमा अध्ययन भईरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकरी लक्ष्मीप्रसाद ढकालले गुँदपाक र घिउ खानै नहुने अवस्थामा रहेको परिक्षणबाट प्रमाणित भएको जानकारी दिएका छन् ।

यसैवीच बालाजुस्थित पुष्प डेरी फर्मबाट गुणस्तरहिन १००० लिटर दुध नष्ट गरिएको छ । उता प्रयाग पोखरीबाट माँ दुर्गा आलु प्यास पसलका साचालक किशोर साह पनि प्रहरीको गिरफ्टारीमा परेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %