
झापा निर्वाचन क्षेत्र न ४ मा एमाले काँग्रेस र राप्रपाबाट ५१ जना राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । झापाको खुदुनावारीमा भदौ २६ गते आयोजित प्रशिक्षण कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन ।
नवप्रवेशीहरुलाई संघीय परिषदका संगठन सचिव सिद्धी तुम्बाहाम्फे र संघीय परिषद सदस्य गंगा खासुले सदस्यता वितरण गरेका थिए । अर्का संघीय परिषद सदस्य सूर्य सारु मगरले अन्य पार्टी छाडेर जनमुक्तिमा प्रवेश गरेकाहरुलाई सपथ ग्रहण गराएका थिए ।

संघीय परिषदका केन्द्रिय उपाध्यक्ष मिना पन्धाकको प्रमुख आतिथ्यमा क्षेत्र नम्बर चारको खुदुनावारी गाविस भवनमा क्षेत्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । करिब १५० स्थानीय नेता कार्यकर्ता सहभागी प्रशिक्षणमा उपाध्यक्ष पन्धाकले राष्ट्रिय जनमुक्ति पार्टीले मात्रै महिला आदिवासी जनजाति दलित मधेशी अल्पसंख्यक र मुस्लिम समुदायलाई राज्यसत्तामा पुर् याउन सक्ने धारणा राखिन् । कार्यक्रममा संघीय परिषद सदस्य सारु मगरले आदिवासी जनजातिको मात्रै नभई कर्णालीवासी र राउटे आदिलाई मुक्ति दिनु आफ्नो पार्टीको लक्ष्य भएको बताए ।
सो पार्टीका संघीय परिषद सदस्य शिव आचार्यले जनमुक्ति पार्टीको विचारधाराले बहुजातीय मुलुक नेपालको हित गर्ने उल्लेख गरे । स्थानीय बयोवृद्ध लालबहादुर आलेको सभापतित्वमा सम्पन्न कार्यक्रम झलक याम्फु राईले संचालन गरेका थिए ।

तस्विर सौजन्य:- सूर्य सारु मगर



तस्विर सौजन्य:- सूर्य सारु मगर
