सत्तरुढ एनेकपा माओवादीका ११ नेतालाई छिमेकी मुलुक भारतको न्यायालयले छ वर्षसम्म कैद फैसला सुनाएको छ । भारतको पटना उच्च अदालतले लोकेन्द्र विष्ट मगर, श्यामकिशोर यादव, सुमन तामाङ, हितबहादुर तामाङ, कुमार दाहाल, चित्रबहादुर श्रेष्ठ, अनिल शर्मा, तारा घर्तीमगर, कुलप्रसाद केसी, मीन आपागाई र दिलिप महर्जन रहेका छन् ।
उनीहरु माओवादी द्वन्द्वको समय २०६१ साल जेठमा भारतको पटनास्थित विभिन्न पाँच होटलबाट समातिएका थिए । अदालत सबैभन्दा कम दुई वर्ष जेल सजाय र रु ३ लाख ७५ जरिवाना सुनाएको छ भने पूर्वमन्त्री समेत रहेका सभासद लोकेन्द्र विष्ट मगरलाई करिब तीन वर्ष जेल सजाय र रु ७ लाख जरिवाना गरेको छ ।
सिलगुढीबाट पक्राउ परेका नेता मोहन वैद्य पोखरेल र सिपी गजुरेललाई भने शान्ति सम्झौतापछि तत्काल रिह गरेको थियो ।
