पुरुस्कृत खेलाडीमा जनजातिको वर्चस्व

Read Time:1 Minute, 46 Second

बजाज पल्सर स्पोर्टस अवार्डअन्तर्गत यसवर्षको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ ब_िक्सङका दीपक महर्जन र महिलातर्फ फुटबलकी जमुना गुरुङले जितेकी छन् । नेपाल खेलकुद पत्रकार माचद्वारा आयोजित  कार्यक्रममा महर्जन र गुरुङले अवार्डसँगै पल्सर मोटरसाइकल हात पारेका छन् ।

लोकपि्रय खेलाडीमा भलिबलकी सिपोरा गुरुङ लाइफटाइम एचिभमेन्ट अवार्डमा नेपाल टेबल टेनिसका प्रशिक्षक रमेशराज जोशी स्पेसल अवार्डमा फुटबल खेलका प्रशिक्षक भगिरथ आले मगर र दिलीप राई छन् भने पारा एथलिट अवार्डमा द्वन्द्वकालमा दुवै आँखा गुमाएका कि्रकेट खेलाडी विक्रमबहादुर थापाले प्राप्त गरे । उनीहरुले उपाधि हातसँगै जनही रु ३० हजार प्राप्त गरेका छन् ।

युवा खेलाडी अवार्डमा कि्रकेट खेलाडी नेरी थापा मगरले हात पारेकी छन् । कि्रकेटको उत्कृष्ट प्रशिक्षकमा भने ब_िक्सङका प्रचण्ड शर्मा पुस्कृत भए ।

पुरस्कृति मात्रै होइन पुरस्कार वितरण गर्नेहरु पनि जनजाति नै थिए । युवा तथा खेलकुदमन्त्री कमला रोक्का मगर राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा कलाकार मदनकृष्ण श्रेष्ठलगायतले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %