लोकसाहित्य पुरस्कार कृष्णराज चौधरीलाई

Read Time:2 Minute, 17 Second

साझा प्रकाशनले लोकसाहित्य पुरस्कार लेखक तथा पत्रकार कृष्णराज चौधरी सर्वहारीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रकाशनको भदौ २४ गते बसेको सचालक समिति बैठकले ‘थारु लोककथा १’ कृतिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो ।

रु. १५ हजार राशिको लोकसाहित्य पुरस्कार प्राप्त गर्न सफल चौधरीले यसैवर्ष संस्कृति मन्त्रालयले दिने रु ५१ हजार राशिको क्षेत्रीय प्रतिभा पुरस्कार जितेका थिए ।  साहित्य र पत्रकारितामार्फत थारु भाषामा पनि चौधरीको ठूलो योगदान छ ।

राजधानीबाट प्रकाशित जनपहुँच मासिकका सम्पाकद चौधरी अहिले विद्यावारिधीको तयारी गरिरहेका छन् ।

यसैवीच साझा प्रकाशनले रु १५ हजार राशिको ‘नयाँ साझा लोक संस्कृति पुरस्कारु’ ‘तराईको फाँटदेखि हिमालको काखसम्म’ कृतिका लागि रामभरोस कापडी ‘भ्रमर’ लाई प्रदान गर्ने भएको छ । २०६७ सालको रु १५ हजार राशिकै साझा बालसाहित्य पुरस्कार ‘यती, अन्तरिक्ष र गाउँघरका कथा’ कृतिका लागि साहित्यकार विजय चालिसेले जितेका छन् ।

प्रकाशनका अध्यक्ष ममता झाका अनुसार रु. १०-१० हजार राशिको गरिमा सम्मान पुरस्कार-२०६७ पद्य विधातर्फ ‘समर्पण’ शीर्षक कविताका लागि कवि निभा शाह गद्य विधातर्फ युग शीर्षक कथाका लागि कथाकार वैजयन्ती मिश्र र  ‘चकछिन्ना’ शीर्षक कथाका लागि कथाकार इन्द्रिस सायललाई प्रदान गरिनेछ । पुरस्कार राशी जति सुकै भएपनि पुरस्कारले साहित्यकारहरुमा थप उत्साह जगाउने आशा राखिएको अध्यक्ष झाको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %