शेर्पा केन्द्र गोन्पाको छैटौ महाधिबेसन सम्पन्न

Read Time:2 Minute, 58 Second

शेर्पाहरुको सामुहिक साँस्था शेर्पा सेवा केन्द्र गोन्पाको छैटौ महाधिबेसन हालै सम्पन्न भएको छ। गोन्पाको अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रमका प्रमुख अतिथीमा
पाँचौ अवतारी तोलाका कुस्या टुल्कु रिन्पोछे हुनुहुन्थ्यो। कार्यक्रममा निबर्तमान महा सचिव क्या आङ देन्डी शेर्पाले साँस्थाको प्रगति बिबरण प्रतिबेदनको रुपमा पढेर सुनाउनु भएको थियो भने कोषाध्यक्ष
गेल्जेन लामाले कोषको प्रतिबेदन पढेर सुनाउनु भएको थियो। त्यस लगतै भएको बन्द सत्रमा प्रतिनिधीहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष र महासचिवबाट स्पस्ट पारेको थियो। बन्द सत्र लगातै अध्यक्ष मण्डलले राखेको प्रस्तावमा सर्व सहमतीबाट नयाँ कार्य समितीको चयन गरेको छ।

भु पु महासचिव क्य देण्डी शेर्पा सर्वसहमतिबाट अध्यक्ष पदमा चुनिएको छ भने क्रमश: वरिष्ठ उपाध्यक्षमा जाङबु शेर्पा खरिखोला सोलुखुम्बु,सोनाम छोटि शेर्पा काठमाण्डौ द्वितिय उपाद्यक्ष पदमा, गेल्जेन लामा रामेछाप महासचिव पदमा, सचिवमा साबिकै पासाङ शेर्पा लामा र कोषाध्यक्षमा श्रीमती काँडु शेर्पा सल्लेरी सोलु निर्बिरोध चुनिएको छ। यसै गरि सद्स्यहरुमा केही हेरफेर भएको छ। नयाँ सद्स्यहरुमा सोलुखुम्बु केरुङ निवासी आङ काजी शेर्पा र सोलुखुम्बु कुरिमा हिलेका आङ गोम्बु चुनिएका छन भने बाँकी पुरानै सद्स्यहरुलाई चयन गरिएको छ। पाँच बर्षे कार्य अवधी भएको नयाँ कार्यसमितीहरुलाई उपास्थित सबैले खाता लगाई बधाई ज्ञापन गर्नुको साथै कार्यकालको सफलताको शु-भकामना दिएका छ।

स्मरणिय रहोस नेपालमा स्थापित जातिय सँस्थाहरु मध्ये बौद्ध टुसालमा अवस्थित शेर्पा सेवा केन्द्र गोन्पा सबै भन्दा अग्र स्थानमा रहेको साँस्था मानिन्छ। ३३ बर्ष अघि स्वा अङ दोर्जे लामा शेर्पाको अघुवाईमा स्थापना भएको यस साँस्थाको चल अचल गरि करिव दुई अरब रुपैया बराबरको पुँजि रहेको छ।

छिरिङ तेन्जिङ शेर्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %