धोबीघाट गठबन्धनले रामबहादुर थापा बादललाई के दियो ?

Read Time:2 Minute, 46 Second


समाचार टिप्पणी:-
ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति असन्तुष्टहरुको छलफल धोबिघाट भेलाको रुपमा बहुचर्चित छ । बहुचर्चित धोबीघाट भेलापछि यसका सुत्रधारहरुलाई केही न केही लाभ भएरै छोड्यो ।

धोबिघाट भेलाबाट उपाध्यक्ष डा बाबुराम भट्टराईले सबै भन्दा बढी फाइदा पाए । यहि भेला गरेर नर्थकाएको भए उनी प्रधानमन्त्री बन्न प्राय असम्भव जस्तै थियो । शुरुमा दाहाल विरोधी भनिएको यो भेलाबाट अध्यक्ष दाहाललाई पनि ठूलै लाभ भयो । उपाध्यक्षहरु र महासचिव मिलेर तत्काल महाधिवेशन गरेर पार्टी अध्यक्षबाट हटाउने चर्चा हुँदा नहुँदै दाहालले ८ रेक्टरस्केलको भुकम्पले समेत हल्लाउन नसक्ने गरी अध्यक्षको कुर्सी बलियो बनाए ।  

दाहालकै निर्देशनमा सही यो भेलाकोपछि लागेका नवमाओवादी  नारायणकाजी श्रेष्ठ गृह र परराष्ट्र मन्त्री भए । दुबै पटक उपप्रधानमन्त्रीको कुर्सी हात लाग्यो । युद्धकालमा रामबहादुर थापाहरु जीवनको दाउ लगाएर राजनीति गर्दा श्रेष्ठ राजधानीमा बसेर उनकै शब्दमा प्रतिगामीहरुसँग लन्च खाईरहेका थिए ।

अरु त अरु अहिले निकै असन्तुष्ट भनिएका उपाध्यक्ष मोहन वैद्यले समेत यो समिकरणबाट फाइदा लिन सके । पहिलो विपरीत ध्रुवमा रहेका भट्टराईसँग मिलेर थोरै भए पनि अध्यक्ष दाहाललाई गलाउन सके । दोस्रो आफू पक्षधर नेताहरुलाई खनाल नेतृत्वकै सरकारमा मन्त्री बनाए । छोटोमा भन्दा वैद्यले ‘म पनि केही हुँ’ भनेर देखाइ दिए ।  

अनि महासचिव रामबहादुर थापा बादलले हो ? तीनले पनि केही पाउँदै नपाएको भने होइन । धोबिघाट समिकरणपछि बादलले पार्टीबाट कारवाहीको धम्की पाएका छन् । थापा आफैले प्रशिक्षण दिएर कम्युनिष्ट बनाए बालाहरुले महासचिव थापालाई कारवाहीको चेतावनी दिईरहेका छन् । धन्य थापा कमसेकम पार्टीबाट कारवाहीको धम्की त आयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %