पाल्पामा दुर्घटनाले लियो ज्यान

Read Time:1 Minute, 13 Second

बुटवलबाट गुल्मीको तम्घास जादै गरेको लु १ ख ४९५८ नं को यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाल्पा तानसेनको वडा नं ५ टक्सारटोल निर अपुभिलेज भन्ने स्थानमा सडकबाट भदौ २३ गते बस खस्दा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा तम्घास ८ गुल्मीका ४० बर्षिय मानब दर्जी र दिगाम ३ गुल्मीका ६५ बर्षिय ईन्द्रकला पोख्रेलको घटनास्थलमै तथा बराङदी ४ पाल्पाका २५ बर्षिय अमृत घर्तीको उपचार गर्न अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा २० भन्दा धेरै  घाइते भएका छन् । घाइतॆको पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भैरहेको छ । विपरित दिशावाट आईरहेको गाडीलाई साइड दिनेक्रममा दुर्घटना भएको बताइएको छ ।

देब पचभैया \पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %