गुँदपाकमा मुसाको मल-मुत्र मिसाएर बेच्ने व्यापारी पक्राउ

Read Time:1 Minute, 16 Second

न्यूरोडको यहि पसलबाट मुसाको मलमुत्र र माउसुलीको पुच्छर गुँदपाकमा मिसाएर बेचिन्थ्यो ।  

नाफा कमाउन गुँदपाकमा मुसाको मलमुत्र मिसाएर बेचेका सन्चालयकहरु महेन्द्र मास्के र मदनबाबा मास्के प्रहरीको खोरमा पुगेको छ । गुँदपाक मध्ये पनि सबैभन्दा चर्चित काठमाडौं न्यूरोडस्थित ताज गुँदपाक भण्डारका सन्चालकद्वयलाई प्रहरीले भदौ २२ गते पक्राउ गरेको हो ।

उपभोक्तालाई पशुले समेत नखाने दिसा पिसाब खुवाएका मास्केद्वयले यहि धन्दाबाट करोडौंको आम्दानी गरेका थिए । वाणिज्य विभागले अनुगमन गर्दा मलमुत्र मात्रै होइन माउसुलीको पुच्छर समेत गुँदपाकमा मिसाएर बेचेको प्रमाण प्राप्त गरेको थियो ।

उपभोक्ता मन्चका महासचिव ज्योति बानियाँ यस्ता व्यापारीलाई ज्यान मारे सरहको कारवाही हुने कानुन बन्नुपर्ने बताउँछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %