एक महिना अघि खुलेको थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले तीन महिनाभित्र संविधान निर्माण नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । शान्ति र संविधानका लागि आउँदो मङ्सिर पहिलो हप्ताभित्रै निर्णायक आन्दोलन गर्ने उनको भनाई छ ।
तीन ठूला राजनीतिक दलहरुका कारण संविधान निर्माण र शान्ति प्रकि्रया धरापमा परेको थारुको ठोकुवा छ । तीन दलले आफ्ना कार्यकर्ता पाल्नका लागि संविधान नबनाएको थारुको दाबी छ ।
थारु समुदायलाई केन्द्रमा राखेर पार्टी खोलेका लक्ष्मण थारुको संविधानसभा विघटनसम्बन्धी माग भने कमल थापाको राप्रपा नेपालसँग मिल्छ । जननिर्वाचित संविधानसभा विघटनको पक्षमा आफू किन लागेको हो भन्ने थारुले अझै स्पष्ट पार्न सकेका छैनन् ।
