मन्त्री परिषद गठन गर्दा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै दलित विकास प्रतिष्ठानले कडा आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष हस्तबहादुर विश्वकर्माले भदौ २० राधानीमा पत्रकार सम्मेलन गरेर दलित समुदायको प्रतिनिधित्व माग गरेका हुन ।
एमाओवादी काँग्रेस र एमाले जस्ता दलहरुले सरकार गठनमा दलितलाई उपेक्षा गरेकोमा विश्वकर्माले विरोध जनाए । राजसंस्थाको अन्त्यपछि पटक-पटक शासन गर्ने पार्टीहरुले मुलुकका ४० लाख दलितको भावनामाथि खेलवाड गरेको उल्लेख गरे । भट्टराई नेतृत्वको १५ सदस्यीय मन्त्री मण्डलमा दलित समुदायको एक जना पनि प्रतिनिधि छैन ।
