जातीय भेदभाव विरुद्ध राष्ट्रिय माच एनकार्डले बहिष्करणमा पारिएका समुदायका मुद्दाको पृष्ठभूमिमा संविधान निर्माण प्रकि्रया विषयक अन्तर्त्रिुया कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा भदौ १५ गते आयोजित कार्यक्रमका वक्ताहरुले संसदमा प्रस्तुत सीमान्तकृत वर्गका विधेयकहरुमा थप छलफल आवश्यक रहेको धारणा राखेका छन् ।
एनकार्डका अध्यक्ष डा सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनेकपा माओवादी नेता पर्शुराम रम्तेलले दलित समुदायलाई समानुपातिक प्रतिनिधित्व सहित थप १० प्रतिशत विशेषाधिकार अनिवार्य भएको धारणा राखे ।
कार्यक्रममा व्यवस्थापिका-संसद अल्पसङ्ख्यक अधिकार समितिका सभापति लालबाबु पण्डित, सभासद् वृन्दा पाण्डे, सपना प्रधान मल्ल, उषाकला राई, आङदावा शेर्पा, श्याम श्रेष्ठ लगायतले महिला जनजाति र दलित सहभागीताका लागि राज्यले विशेष पहल गर्न आवश्यक रहेको धारणा राखे ।
