तीन हप्ता पहिला गठन भएको थरुहट तराई पार्टी नेपालले चितवन उपत्यका र नवलपुर खण्डलाई थरुहट स्वायत्त प्रदेशमा गाभिनुपर्नेलगायतका माग राखेर दुई दिने बन्द गरेका छन् । बन्दका कारण तराई जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । लक्ष्मण थारुले नेतृत्व गरेको थरुहट पार्टीले भदौ १५ र १६ गते तराईका २४ जिल्लामा बन्द तथा हाम हडताल आव्हान गरेको हो ।
उनीहरुका अन्य मागमा आफूहरु र सरकारवीच भएको पाँचबुँदे सहमतिको कार्यान्वयन थरुहट पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका झुटा मुद्दाको खारेजी र कोहलपुरमा उपचारको क्रममा बच्चाको आँखा झिक्नेलाइ कारबाही र पीडितलाई क्षतिपूर्तिसंविधानसभाको खारेजी ताजा जनादेशका लागि आमनिर्वाच लगायत छन् ।
दाङ बाँके बर्दिया कैलाली र काचनपुर रुपन्देही कपिलवस्तु नवलपुरपरासी लगायतका जिल्ला बढी प्रभावित भएका छन् । बन्दकर्ताले दाङबाट नेपालगंजतर्फ जाँदै गरेको स्यान्ट्रोकारमा आगजानी गरेका छन् ।
सम्बन्धित समाचार
संविधानसभाको म्याद नथप- लक्ष्मण थारु
लक्ष्मण थारुको नेतृत्वमा ‘थरुहट तराई पार्टी नेपाल’ गठन
