मुस्लिम समुदायले एक महिनाको रोजा सकिएको दिन धुमधानसँग इद-उल फितर मनाएका छन् । साउन १७ गतेदेखि शुरु भएको रोजा भदौ १३ गते सम्पन्न भएको हो । अरबी महिनाको नौ महिनामा पर्ने रमजानमा चन्द्रमाको दर्शन गरी रोजा आरम्भ गरेर त्यसको एक महिनापछि पुनः चन्द्रमाको दर्शन गरिन्छ ।
जामे मस्जिदका तालुकदार खाँल अनुसार रोजा बस्दा शरीरमा निरोगीपन मन पवित्र हुनुका साथै धार्मिक लाभ प्राप्त हुन्छ । रोजा सम्पन्न भएको अवसरमा गरिबलाई दानदक्षिणा दिने गरिन्छ । अन्य समुदायको पर्वमा जस्तै मुस्लिमले पनि रोजा सकिएको अवसरमा एकआपसमा खुसियाली साट्ने आफन्तसग भेटघाट गरी मिठा खाने गरिन्छ ।
