नेकपा एमाले बर्दिया जिल्ला सदस्य इन्दिरा भुसाललाई कन्चट र छातीमा गोली हानेको अभियोगमा इन्दिराकै दुई भाई पक्राउ परेका छन् । भदौ ११ गते राती १० बजे गोली हानेर हत्या गरिएकी इन्दिरा कान्छा भाई कान्छा भाई पार्थ भुसाल र नातेदार सोमनाथ भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।
सोरहवा-२ जगतिया निवासी ४१ वर्षीय भुसाल श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमा बस्दै आएकी थिइन । डिएसपी कृष्णप्यारा खरेलका अनुसार विजुली गएको समयमा ६२ वर्षीय आमा र बुहारीलाई भने हत्याराले घर भित्र धकेलेर इन्दिरालाई गोली प्रहार गरेका थिए । अंश सम्बन्धी विवादमा इन्दिरा बुबा तिर लागेकाले भाईले हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ ।
