आफूलाई क्रान्तिकारी भन्न रुचाउने एनेकपा माओवादीले मात्र हिन्दुहरुको आस्थाको प्रतिक गाईलाई मानिसलाई भन्दा उच्च स्थानमा राखेको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई भोट माग्न २०६८ भदौ गते तयार पारेको माओवादी प्रस्तावमा अदालतले हत्यारा प्रमाणित गरिसकेकालाई समेत आममाफी दिनुपर्ने उल्लेख छ । माओवादी प्रस्ताव भट्टराईलाई भोट माग्न ल्याएको एमाओवादीको प्रस्ताव (पूर्णपाठ सहित)मा भनिएको छ, ‘दश वर्षे जनयुद्धको क्रममा माओवादी नेता तथा कार्याकर्ताहरुमाथि लगाइएका फिर्ता हुन बाँकी सबै मुद्दा तत्काल फिर्ता लिने वा खारेज गर्ने र फैसला भैसकेका मुद्दाको हकमा आम माफी दिने ।’ प्रधानमन्त्री चुनावकै लागि संयुक्त मधेशी मोर्चासँग गरेको सम्झौतामा पनि सर्वोच्च अदालतले हत्यारा प्रमाणित गरिसकेकालाई समेत माफी दिनुपर्ने सम्झौता माओवादीले गरेको छ । अचम्म त के छ भने काँग्रेस र एमाले पनि मान्छे मार्नेलाई आममाफी दिने कुराको विरोध गरेको छैन ।
मान्छे मार्नेलाई आममाफी दिनुपर्छ कि पर्दैन भन्ने विषयमा छुट्टै बहस गर्न सकिएला तर यहाँ जोड्न खोजिएको प्रसँग गाई गोरु पिट्दा तीन वर्ष जेल र १ लाख रुपियाँ जरिवानासम्बन्धी विद्येयक हो । संसदमा यो विद्येयक एमाओवादी नेता प्रभु साहले कानुन मन्त्रीको हैसियतमा प्रस्तुत गरेका थिए । यो विद्येयक तीन वटै प्रमुख दलको स्पष्ट मिलोमतो देखिन्छ । माओवादीले मान्छे मार्नु भन्दा गाई पिट्न ठूलो अपराध हुने कुरा व्यवहारमा स्थापित गर्न खोजेको छ ।
थप समाचार
गाई विधेयक पारित भयो भने दलीय ह्विप नाघ्ने अवस्था आउन सक्छ – सभासद पासाङ शेर्पा
मरेको गाई खान खोज्नेहरुलाई वेपत्ता पार्ने षडयन्त्र शुरु
आदिवासी दिवस भाँड्न मरेको गाई काटेको निहुमा चार जनजाति पक्राउ
पशुवधको निँहुमा मुस्लिमलाई फसाउन शुरु
गाई गोरु काटनेलाई ३ बर्ष जेल सजाय गरिने !
