नेपाल समता पार्टीद्वारा प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउन माग

Read Time:1 Minute, 13 Second


पूर्व मन्त्री स्व. नारायणसिँ पुन मगरले स्थापना गरेको नेपाल समता पार्टीले प्रधानन्यायाधीशको अध्यक्षतामा कार्यकारिणी परिषदको गठन गरी सर्वपक्षीय गोलमेच सम्मेलनबाट नयाँ संविधान निर्माण गर्नुपर्ने माग गरेको छ । पार्टी अध्यक्ष मोतीप्रसाद राना मगरले भदौ १२ गते राजधानीमा एक कार्यक्रम गरेर यस्तो धारणा राखेका हुन ।

संस्थापक अध्यक्ष पुन मगरको जीवनकालसम्म निकै चर्चामा रहेको समता पार्टी उनको निधनपछि अस्तित्वको संघर्षमा छ । संविधानसभामा एक जना पनि सभासद पठाउन नसकेकाले होला यो पार्टीले संविधानसभा तत्काल विघटनको माग समेत गरेको छ । संविधानसभाबाट पूर्ण लोकतान्त्रिक संविधान बन्न नसक्ने अवस्था रहेको भन्दै संविधान बनाउन सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने राना मगरले उल्लेख गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %