नेपा राष्ट्रिय पार्टीका सभासद बुद्धरत्न मानन्धरले काठमाडौंलाई राजधानी प्रदेश बनाउनु अघि नेवारको लासमाथि गुर्जनुपर्ने चेतावनी दिएका छन् । व्यवस्थापिका संसदको भदौ ११ गतेको वैठकमा बोल्दे मानन्धरले नेवार प्रदेश गुमाउनु भन्दा ज्यान दिन तयार रहेको बताए ।
नेपाली काँग्रेसले प्रस्ताव गरेको भनिएको सात प्रदेशप्रति लक्षित गर्दै सभासद मानन्धरले नेवारहरुको भूमिमा अन्य जातीलाई रजाई गर्न नदिने समेत बताए । राज्यपुर्नसंरचनाको विषयमा स्पष्ट अडान नलिने पार्टीलाई अब कुनै हालतमा सहयोग नगर्ने धारणा राखे ।
