क्षत्री समाज राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष कुमार थापा क्षत्रीले क्षत्रीहरुको जातीय पहिचान र संघीयताको नाममा राष्ट्र विखण्डीत गर्ने अभियानलाई क्षत्री समाज टाउकोमा कफन बाँधेर लड्नका लागि देशभरका क्षत्रीहरुलाई आव्हान गरे । राजधानीको रिपोटस्र क्लबमा भदौ ११ गते उनले आफूहरुले राखेका माग सँगै राष्ट्र राष्ट्रियता लागि पनि देश भरीका क्षत्री समाज एक भएको ठोकुवा गरे ।
कार्यक्रममा क्षत्री समाज राष्ट्रिय महासंघ क्षत्री समाज तनहुँ खस क्षत्री एकता समाज क्षत्री समाज र खस क्षत्री एकता वार्ता समन्वय समिति मिली खस क्षत्री राष्ट्रिय महासंघ निर्माण भएको जानकारी दाबी गरिएको छ । नव गठित खस क्षत्री राष्ट्रिय महासंघका प्रवक्ता इमानिसंह बस्नेतले जातीय संघीयतासँगै मुलुक विखण्डन हुने ठोकुवा गर्दै राष्ट्र राष्ट्रियता मुलुकलाई विखण्डनबाट जोगाउन महासंघले देशभरका क्षत्रीहरुलाई आन्दोलनमा उतार्ने चेतावनी दिए ।
कार्यक्रममा क्षत्री महासंघले नेपाल सरकारले आपुहरुसँग गरेका सम्झौता पूरा नगरे सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । देशको सबैभन्दा ठूलो जनसंख्या रहेको खस क्षत्री समूदायलाई अन्य जातिमा राखेर क्षत्री समूदायलाई पहिचान विहीन बनाउन खोजेको भन्दै उनीहरुले राष्ट्र र राष्ट्रियताको सवालमा आपुहरुले राखेको माग पूरा नभए सशस्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् । क्षत्री महासंघमा अध्यक्ष कुमारबहादुर थापालगायत १७ जनाको कार्यसमिति चयन गरेको छ ।
आफूहरुले अधिकार नपाएर भन्दा पनि आदिवासीजनजाति, मधेशी, दलित, महिला, मुस्लिम र धार्मिक अल्पसंख्यकहरुलाई अधिकार दिनु हुँदैन भनेर क्षत्री समाज गठन भएको हो ।
एस लिम्बु काठमाडौं
खस क्षेत्री एकता समाज पनि दुई चिरा
क्षेत्रीले पनि आदिवासी दिवस मनाए !
क्षेत्री समाज राष्ट्रिय महासंघमा भूँईचालो
